दफा ८
पशु वध गर्नु अघि जँचाउनु पर्ने
(१) कुनै पशु वध गर्नुभन्दा अघि पशु वधशाला स्थापना भएको
क्षेत्रमा पशु वधशालामा र पशु वधशाला स्थापना नभएको क्षेत्रमा मासु सुपरीवेक्षकले तोकेको
स्थानमा त्यस्तो पशु जँचाउनु पर्नेछ । पशु जाँच गर्ने कार्यविधि तोकिए बमोजिम हुनेछ ।
(२) उपदफा (१) बमोजिम जाँच गरिएको पशु वध गर्न उपयुक्त देखिएमा मासु
निरीक्षकले चिन्ह समेत अंकित गरी त्यस्तो पशु वध गर्ने अनुमति दिनेछ ।
(३) उपदफा (१) बमोजिम जाँच गरिएको पशु रोगी देखिएमा त्यस्तो पशु वध गर्न मासु
निरीक्षकले रोक लगाउन सक्नेछ ।